logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनको १४ औं दिन सोमबारः उपत्यकाबाट ७८७ सवारी साधन नियन्त्रणमा


अंकुरण खबर
1.339K
Shares

सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही जारी राखेको छ ।

लकडाउनको १४ औं दिन सोमबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ७८७ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ७१९ दुई पांग्रे र ६८ चार पांग्रे रहेका छन् । अनुमति नलिई आफूखुसी चलाएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।