logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सन आईसीयूमा


अंकुरण खबर
741
Shares

कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई सघन उपचार कक्ष (आइसियू) मा सारिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण अवस्था गम्भीर बनेपछि प्रधानमन्त्री जोन्सनलाई अस्पतालको आईसीयूमा सारिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

बीबीसीका अनुसार प्रधानमन्त्री जोनसोनलाई सोमबार दिउँसो आईसीयूमा लैजानुअघि अक्सिजन पनि दिइएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे रानी एलिजावेथलाई पनि जानकारी गराइएको छ । प्रधानमन्त्री लण्डनको सेन्ट थोमस अस्पतालका डाक्टरहरुको निगरानीमा छन् ।

५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई स्थानीय समयअनुसार आइतबार बेलुका लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री जोनसोनमा कोरोना संक्रमणको सामान्य लक्षण देखिएपछि १० दिनअघि जाँच गराउँदा संक्रमणको पुष्टी भएको थियो ।