प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरसको अझै पनि उच्च जोखिममा रहेको बताएका छन् ।
मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउने दुई साता थप चुनौतीपूर्ण हुन सक्ने बताउँदै कोरोना भाइरसको अझै पनि उच्च जोखिममा रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले देशमा पहिलो व्यक्तिको संक्रमण पहिचान भएदेखि यता साझा प्रयत्नले संक्रमितको संख्या ९ जनामा मात्र सीमत गर्न सकिए पनि नेपाल अझैं उच्च जोखिममा रहेको दावी गरेका छन् ।
नेपाल कोरोविरुद्धको लडाईमा होमिएको बताउँदै प्रधानमन्त्री ओलीले दुई सातादेखि मुलुक लकडाउनमा रहेको बताउँदै कोरोविरुद्धको लडाइमा थप सावधानी अपाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।