logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

लक्ष्मी ग्रुपबाट कोरोना रोकथाम कोषमा १ करोड सहयोग


अंकुरण खबर
962
Shares

कोरोना भाइरसविरुद्ध लड्न लक्ष्मी ग्रुपले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । ग्रुपले सरकारले सञ्चालन गरेको कोरोनो भाइरस संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

त्यस्तै कोरोना भाइरसको प्रारम्भिक स्क्रिनङका लागि देशका विभिन्न सार्वजनिक अस्पतालहरुमा फिबर क्लिनिक स्थापना गर्न समेत ग्रुपले पहल गरेको जनाइएको छ ।

लक्ष्मी ग्रुपका प्रमुख अञ्जन श्रेष्ठका अनुसार फिबर क्लिनक स्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराइने र हेल्थ एट होम प्रालिले कार्यान्वयन साझेदारका रुपमा काम गर्ने छ ।