logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवनियुक्त गभर्नर अधिकारीद्वारा पदभार ग्रहण


अंकुरण खबर
793
Shares

नेपाल राष्ट्र बैंकको १७ औँ गभर्नरको रुपमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।

सोमवार बसेको मन्त्रीपरिषदको बैठकले अधिकारीलाई गभर्नरको रुपमा नियुक्त गरेको थियो । नवनियुक्त गभर्नर अधिकारीले आज अर्थात मंगलवार सपथ ग्रहण गरि पदभार सम्हाल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकको स्रोतका अनुसार प्रधानन्यायाधीस चोलेन्द्रशम्सेर राणा समक्ष अधिकारीले आज साढे ११ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको साथै पद तथा गोपनियताको सपथग्रहण पश्चात अधिकारीले आजै नै राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले जानकारी दिएका छन् ।

गत चैत ५ गते तत्कालिन गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल पूरा भएसँगै रिक्त रहेको गभर्नरमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई नियुक्त गरेको थियो । अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रहेका थिए ।