राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ ।
आज बसेको बोर्डको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना प्रभाव बढ्दै गैरहेको समयमा परीक्षा संचालन गर्न जटिल हुने भएकाले यस्तो निर्णय गरेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ।
कोरोना भाइरसको सङ्क्रमण तथा रोकथामको लागि लकडाउन जारी रहेकाले परीक्षा संचालन गर्न नसकिने भन्दै बोर्डले परीक्षा स्थगित गरेको हो।
यस अघि चैत ६ गते देखि हुने भनिएको एसइई परीक्षा पनि स्थगित भइसकेको छ ।
