logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

पाँचथरमा आईसोलेशनमा रहेका ६ जनाको रिर्पोट ‘नेगेटिभ’


अंकुरण खबर
1.534K
Shares

जिल्ला अस्पताल पाँचथरको आईसोलेशनमा उपचार गराइरहेका ६ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

कोरोना भाइरस (कोभिड-१९) जस्तै लक्षण देखिएपछि उनीहरुको नमुना परीक्षणको लागि धरानमा रहेको वीपी कोइराला मेमोरियल अस्पतालको प्रयोगशालमा पठाइएको थियो । परीक्षणबाट उनीहरूमा कोरोना भाइरस नभएको पुष्टि भएको हो ।

६ जनाको रिपोर्ट नेगेटिभ आएपछि होम क्वरेण्टीनमा बस्ने गरी डिस्चार्ज गरिएको पाँचथर अस्पतालका डा. विशाल नेपालीले बताए । उनका अनुसार ती ६ जनै विदशेबाट आएका हुन् ।

यसअघि पाँचथरबाट परीक्षणका लागि नमुना पठाइएका तीन जनाको रिर्पोट पनि नेगेटिभ आएको थियो ।