logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाले तोक्यो विभागहरूको नेतृत्व, कुन विभागको जिम्मा कुन नेतालाई (नामावलीसहित)


अंकुरण खबर
1.703K
Shares

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका विभिन्न विभागको जिम्मेवारी सम्हाल्ने नेताहरुको नाम टुंग्याएको छ । लामो समयसम्म विवादमा रहेको स्कुल विभाग लगायतका विभागहरुको टुंगो लगाइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले ३३ विभागको नेतृत्व टुंगो लगाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन् ।

१, विदेश  :   प्रमुख–माधवकुमार नेपाल, उपप्रमुख–जनार्दन शर्मा

२, स्कुल :  प्रमुख– ईश्वर पोखरेल, उपप्रमुख – देवेन्द्र पौडेल

३, संगठन :  प्रमुख– वामदेव गौतम, उपप्रमुख –सुरेन्द्र कार्की

४, नीति अनुसन्धान प्रतिष्ठान  : संयोजक–झलनाथ खनाल, सहसंयोजक–रामचन्द्र झा

५, प्रचार :  प्रमुख–नारायणकाजी श्रेष्ठ, उपप्रमुख– सूर्य थापा

६, अर्थ तथा योजना :  प्रमुख–सुरेन्द्र पाण्डे, उपप्रमुख– डोरप्रसाद उपाध्याय

७, उद्योग तथा वाणिज्य : प्रमुख– राधा ज्ञवाली, उपप्रमुख–वामदेव क्षेत्री

८, उपभोक्ता हित तथा आपुर्ति :  प्रमुख–मातृका यादव, उपप्रमुख– बलराम बाँस्कोटा

९, कृषि तथा भूमिसुधार :  प्रमुख–चक्रपाणि खनाल,, उपप्रमुख–हरि पराजुली

१०, कोष तथा आर्थिक व्यवस्थापन :  प्रमुख– हरिबोल गजुरेल, उपप्रमुख– कृष्ण गोपाल श्रेष्ठ

११, खानेपानी तथा सरसफाइ :  प्रमुख– बीना मगर, उपप्रमुख– ममता गिरी

१२, उर्जा तथा सिंचाइ :  प्रमुख– बर्षमान पुन, उपप्रमुख– पर्शुराम मेघी गुरूङ

३, निर्वाचन विभाग :  प्रमुख– प्रदीप ज्ञवाली, उपप्रमुख – खिमलाल देवकोटा

१४, न्याय कानुन तथा मानवअधिकार :  प्रमुख– रघुजी पन्त, उपप्रमुख –मुक्तिनारायण प्रधान

१५, पर्यटन प्रर्वद्धन तथा नागरिक उड्ययन :  प्रमुख–योगेश भट्टराई, उपप्रमुख– पासाङ शेर्पा

१६, प्रादेशिक मामला :  प्रमुख– घनश्याम भुषाल, उपप्रमुख– परशु तामाङ

१७, पुस्तकालय विभाग :  प्रमुख– नारायणप्रसाद शर्मा, उपप्रमुख– ज्ञानबहादुर भुजेल

१८, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था :  प्रमुख– रघुवीर महासेठ, उपप्रमुख– हरि अधिकारी

१९, युवा तथा खेलकुद :  प्रमुख– टोपबहादुर रायमाझी, उपप्रमुख– ठाकुर गैरे

२०, राजकीय मामिला तथा सुशासन :  प्रमुख– रामबहादुर थापा बादल, उपप्रमुख– गुरु बराल

१, राष्टिय सुरक्षा प्रर्वधन:   प्रमुख– बेदुराम भुषाल, उपप्रमुख– सन्तु दराई

२२, वन तथा वातावरण :  प्रमुख– शक्ति बस्नेत, उपप्रमुख–गुरु बराल

२३, विज्ञान तथा प्रविधि विभाग :  प्रमुख–गणेश शाह, उपप्रमुख–अरुण नेपाल

२४, शिक्षा तथा मानवस्रोत विभाग :  प्रमुख–गिरिराजमणी पोखरेल, उपप्रमुख–विजय पौडेल

२५, श्रम तथा रोजगार विभाग :  प्रमुख–गोकर्ण विष्ट, उपप्रमुख– रामेश्वर राय यादव

२६, संघीय संसदीय विभाग :  प्रमुख–सुवास नेम्वाङ, उपप्रमुख–देवप्रसाद गुरुङ

 २७, समाज कल्याण विभाग :  प्रमुख –केशवलाल श्रेष्ठ, उपप्रमुख–गोपाल ठाकुर

२८, सहकारी तथा गरिबी निवारण विभाग : प्रमुख–विष्णु रिमाल, उपप्रमुख–धर्मदत्त देवकोटा

२९, शहरी विकास विभाग : प्रमुख–लेखराज भट्ट, उपप्रमुख–जगन्नाथ पण्डित

३०, सामान्य प्रशासन विभाग : प्रमुख–लालबालु पण्डित, उपप्रमुख–रेखा शर्मा

३१, साहित्य, कला, तथा संस्कृति विभाग : प्रमुख–मणी थापा

३२, स्वास्थ्य तथा जनसंख्या विभाग : प्रमुख–राजेन्द्र पाण्डे, उपप्रमुख– अञ्जना विसंखे

३३, केन्द्रीय कार्यालय सचिव : श्रीराम ढकाल, इश्वरी रिजाल