logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ


अंकुरण खबर
1.066K
Shares

शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् ।

कोरोना परीक्षण गर्ने ६७ वटा इन्फ्रारेड थर्मल गनसहित उनलाई पक्राउ गरिएको हो । ५ हजार रुपैयाँमा पाइने उपकरणलाई १५ हजार रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

अग्रवाल काठमाडौंको नक्सालबाट पक्राउ परेका हुन् । किर्गिस्तानको अवैतनिक राजदूतसमेत रहेका अग्रवालले त्यही हैसियतमा कूटनीतिक सुविधा पाउने गाडी प्रयोग गरी ती सामान कालोबजारी गरेको महाशाखाले जनाएको छ ।