नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) की केन्द्रिय सदस्य तथा सांसद राम कुमारी चौधरीले ईटहरी उपमहानगरपालीकाको राहत कोषमा रु १ लाख र रामधुनी नगरपालिकालाई २,५०० केजी चामल सहयोग गर्ने घोषणा गरेकी छिन ।
कोरोेना भाइरसकोे संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनका कारण त्यस क्षेत्रमा समस्यामा परेका नागरिकलाई सहयोग गर्न आफुले सहयोग गर्न लागेको सांसद चौधरीले बताइन् ।
कोरोना भाइरसको कारण विश्वनै संकटमा परेको बेलामा निस्वार्थ भावले आ आफ्नो ठाउँबाट सहयोग गर्न र सरकारले तोकेको लकडाउन अवधिभर सुरक्षित तरिकाले घरमै बस्न पनि सांसद चौधरीले सबैलाई आग्रह गरेकी छिन् ।