भारतबाट लागुऔषध लिएर आएका ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका-१ कोशी ब्यारेज आसपासबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
स ३ प ३०१०, को ७ प ९३२ र बा ४३ प ४६१४ नम्बरको मोटरसाइकल प्रयोग गरी लागुऔषध लिएर आएका कञ्चनरुप नगरपालिका–२ वरमझियाका २९ वर्षीय सुरज साह, वडा नं. ८ का ३२ वर्षीय दिपेन्द्र श्रेष्ठ, वडा नं. ५ का २१ वर्षीय सञ्जय साह र हनुमाननगर कंकालिनी नगरपालिका–१ का १९ वर्षीय कालु साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनीहरुको साथबाट नाइट्रोजन ट्याब्लेट, डाइलेक्स सिरफलगायतका औषध बरामद भएको प्रहरीले जनाएको छ ।