logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश २ लाई एनएमबी बैंकको १०० थान पीपीई सहयोग


अंकुरण खबर
845
Shares

प्रदेश २ सरकारलाई एनएमबी बैंकले चिकित्सकका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरेको छ।

कोभिड-१९ उपचारका लागि सहयोग पुर्‍याउने उद्देश्यले एनएमबी बैंकका तर्फबाट निक्षेप प्रबन्धक मिथिलेशकुमार झाले आज १०० थान पीपीई मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरे।

सो अवसरमा मुख्यमन्त्री राउतले कोरोना भाइरस संक्रमणको उपचारमा अत्यन्तै महत्त्वपूर्ण मानिएको स्वास्थ्य सामग्री पीपीईले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर उत्साहित बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए।