logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना टेस्टको गति बढ्यो, थप पोजेटिभ देखिएको छैन : स्वास्थ्य मन्त्रालय


अंकुरण खबर
806
Shares

स्वास्थ्य मन्त्रालयले अहिलेसम्म २३ सय ६६ नमुना परिक्षण भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रममा अहिलेसम्म केन्द्रीय प्रयोगशाला टेकुमा १९ सय ६५ तथा काठमाडौं बाहिरका ९ ठाउमा कुल ४०१ नमुना परिक्षण भएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा थप कोरोना पोजेटिभ देखिएको छैन । कोरोना टेस्टको अहिले दयारा बढाएको र अहिले १८० नमुना टेस्ट भइरहेको छ ।

र्यापिड टेस्टका क्रममा कंचनपुर र कैलाली दुवै किसिमका स्व़ाब र र्यापिड टेस्टबाट १९८ नमुना संकलन भएको देवकोटाले बताए । त्यस्तै उनले अछाम, जुम्ला र सुर्खेत ८०२ नमुना संकलन भएको बताउदै आज दिपायलमा ३ सय भन्दा बढी नमुना संकलन हुदै गरेको बताए ।

काठमाडौं उपत्यकामा १२ जना र काठमाडौं बाहिर १२२ जना गरि कुल १३४ जना आइसोलेसनमा रहेको देवकोटाले जानकारी दिए। देशभर अहिले ८ हजार ५८० जना क्वारेन्टाइनमा रहेको बताइएको छ ।