logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सैनिकको रगतले सुत्केरीको ज्यान बच्यो


अंकुरण खबर
1.755K
Shares

नेपाली सेनाका एक जवानले बुधबार बिहान गरेको रक्तदानले बैतडीका एक सुत्केरीको ज्यान जोगिएको छ।

शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका—५ न्वालीकी २८ वर्षीया राजु भुलको सेनाले दिएको रगतले ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका डा. वसन्तराज जोशीले जानकारी दिए।

जिल्ला अस्पतालमा चैत २४ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी राजुको अत्यधिक रक्तस्राव भएपछि ज्यान जोखिममा परेको थियो। सुत्केरी महिला रगत अभावमा छट्पटिरहेकी अवस्थामा बुधबार बैतडीस्थित हनुमानध्वज गुल्मका जवान विवेक नेपालीले रक्तदान गरेका हुन्।

सेनाका जवान नेपालीले १ पोका रगत दिएको डा. जोशीले बताए। “चैत २४ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी राजुको शरीरमा मंगलबार राति रगतको कमी भइ बेहोस भएपछि सेनालाई गुहारेका थियौं” डा। जोशीले भने, “सेनाले दिएको रगत सुत्केरीको ज्यान जोगाउन सफल भयौं।”

आमाको स्वास्थ्य अवस्था सुधार हुँदै गएको र शिशुको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ। रासस