logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना अपडेट : संक्रमितको संख्या १५ लाख नाघ्यो,अमेरिकामा एकै दिन १९ सयको मृत्यु


अंकुरण खबर
1.456K
Shares

विश्वभरी तिव्र रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा संक्रमित र मृतकको संख्या  अत्याधिक बढेको छ ।

पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा १८ सय ९७ जनाको मृत्यु भएको छ भने, २९ हजार ९ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ३८ पुगेको छ । संक्रमितको संख्या ४ लाख ३० हजार नाघेको छ ।

त्यस्तै, इटालीमा १७ हजार ६ सय ६९ को मृत्यु भएको छ भने, १ लाख ३९ हजार ४ सय २२ मा संक्रमण देखिएको छ । त्यहाँ २६ हजार ४ सय ९१ जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो समय स्पेनमा पनि कोरोनाको प्रकोप तिव्र छ । स्पेनमा १४ हजार ७ सय ९२ जनाको मृत्यु भएको छ भने, संक्रमितको संख्या १ लाख ४८ हजार भन्दा धेरै पुगेको छ ।

त्यस्तै,  छिमेकी मुलुक भारतमा कोरोनाबाट ५ हजार ९ सय संक्रमित हुँदा १७८ को मृत्यु भएको छ ।

फ्रान्समा पनि कोरोना संक्रमितको संख्या लाख नाघेको छ। त्यहाँ १ लाख १३ हजार ९ सय ५९ जनामा कोरोना संक्रमित भइसकेका छन्। त्यहाँ १० हजार ८ सय ६९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। त्यस्तै २१ हजार उपचारपछि निको भएका छन्।

कोरोना भाइरसका कारण विश्वभर ८८ हजार ४ सय ५ भन्दा बढीको मृत्यु भैसकेको छ भने, १५ लाख १३ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि निको भएका छन् । २०९ देश भन्दा बढी देशमा फैलिसकेको कोरोना भाइस सबै तिर तिव्र रुपमा फैलिएको छ ।