logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालिकालाई बलात्कार गरेको अभियोगमा युवक पक्राउ


अंकुरण खबर
858
Shares

बाँकेको कोहलपुरमा बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पीडित बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा कोहलपुर-११ निवासी २० वर्षीय आकाश मल्ललाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार गत आइतबार साँझ कोही नभएका समयमा घोराही -६ घर भई कोहलपुर, एकता नगर बस्दै आएका १९ वर्षीय अङ्कित गिरीले काम छ भन्दै मल्लका घरमा बोलाएर दुवै जनाले बलात्कार गरेको पीडितले सोमबार प्रहरीसमक्ष दिएको बयानमा उल्लेख छ।

अभियुक्त गिरी भने फरार रहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी घटनाबारे अनुसन्धान शुरु गरिएको बताइएको छ ।