logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

तातोपानी नाका खुलेपनि रसुवा नाका अझै केही समय नखुल्ने


अंकुरण खबर
2.964K
Shares

सरकारले अत्यावश्यक सामग्री आयातका लागि चीनतर्फका नाका खोल्न आग्रह गरे पनि चीनले रसुवागढी नाका खेल्न नदिने स्पष्ट पारेको छ ।

चीनतर्फका तातोपानी भन्सार र रसुवा भन्सार खोल्न उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले चीनलाई पत्राचार गरेको थियो ।

सिन्धुपाल्चोकस्थित तातोपानी नाका बुधबार साँझदेखि खुले पनि रसुवा नाका भने अझै केही समय नखुल्ने भएको हो । नेपालस्थित चिनियाँ दूतावासले पत्र लेखेर रसुवा नाका खोल्न नसकिने लिखित जानकारी गराएको हो । दुई वटा नाका मध्ये हाललाई तातोपानी नाका खोल्न सकिने तर रसुवा नाका खोल्न नसकिने जानकारी चीनले गराएको छ ।

नेपाल सरकारले पठाएको पत्रको जवाफमा चीनले तातोपानी नाकाबाट पनि अत्यावश्यक सामाग्री मात्रै आयात गर्न दिने बताएको स्रोतले बताएको छ । विशेषगरी चीन सरकारले तातोपानी नाकाबाट स्वास्थ्योपचारका लागि अत्यावश्यक वस्तु मात्रै ल्याउन दिने भनेको स्रोतको दाबी छ ।

नेपालस्थित चिनियाँ दूतावासले पत्र लेखेर यस बारे लिखित रुपमै जानकारी गराएको स्रोतले बताएको छ ।