दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ हात्तीलोटेमा एक महिला मृत फेला परेकी छन्।
स्थानीय ४४ वर्षीया देविसरा पुन बिहीबार घरभित्रै मृत फेला परेका हुन् । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरीको टोली जाँदै छ।
कोही नभएको घरमा महिला मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा रहेका असई माधव श्रेष्ठले ‘गएराति श्रीमान तल्लो तलामा र श्रीमती माथिल्लो तलामा सुतेको भन्ने बुझिन आएको छ,’ ‘बिहान हेर्दा पुन मृत फेला परेको भन्ने छ।’
श्रीमान गाउँतिर गएको र छोरा कपुरकोटतिर गएको अवस्थामा पुन घरभित्र मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको छ ।