logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाजुरामा गोली प्रहारबाट श्रीमतीको हत्या


अंकुरण खबर
806
Shares

बाजुरामा गोली प्रहारबाट एक महिलाको हत्या भएको छ । गौमुल गाउँपालिका ४ कि ३३ वर्षीया सुन्तु रोकायाको उनकै श्रीमानले हानेको बन्दुकको गोली लागेर मृत्यु भएको हो ।

४० वर्षका गोरख रोकायाले भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानेको प्रहरीले जनाएको छ । रोकायालाई प्रहरीले पक्राउ गरिसकेको छ । रोकाया एक थान बरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।

हत्या गरिएको अवस्थामा शव फेला पारेपछि बिहीबार बिहान माइती पक्षले प्रहरीलाई खबर गरेका थिए ।