logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनमा समय कटाउन जुवातास खेल्दै गरेका ८ जना पक्राउ


अंकुरण खबर
936
Shares

मकवानपुरमा लकडाउनको अवस्थामा जुवातास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

हेटौंडा उपमहानगरपालिका-८ मैदा टोलमा जुवातास खेलिरहेका उनीहरुलाई २२ हजार ५ सय ४५ रुपैयाँ र १८ बुक ताससहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा मैदा टोलका २७ वर्षीय रामेश्वर राई, २६ वर्षीय अशोक थापा, ३३ वर्षीय चित्र शिवभक्ति, २२ वर्षीय सुमन थापा, २८ वर्षीय सुदिप अर्याल, ३२ वर्षीय सागर राई, २९ वर्षीय आकाश बिष्ट र सोही उपमहानगरपालिका-४ कमल डाँडा बस्ने ३० वर्षीय बिजय राई रहेका छन्।

तास खेलिरहेको सूचनाको आधारमा बागमति प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।