बेलायतको लन्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको बुधबार राति लन्डनको नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको हो । उनी तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ उपाध्यक्ष गुरुङ समाजसेवीका रुपमा चिनिन्थे । करिब दुई सातादेखि ज्वरो आएपछि चिकित्सकको सल्लाह अनुसार गुरुङ घरैमा आइसोलेसनमा बस्दै आएका थिए ।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आकस्मिक कक्षमा राखेर पछि वार्डमा सारिएको थियो । भर्ना गरेको दुई दिनपछिबाट उनको स्वास्थ निकै खराब भएपछि भेन्टिलेटरमा राखिएको थियो ।
लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता प्रमुख शरदराज आरणले मृतक गुरुङको परिवार र सम्बनिधत संस्थालाई निधनबारे जानकारी गराएका थिए । हालसम्म बेलायतमा कोरोनाले ३ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ ।