logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु


अंकुरण खबर
3.185K
Shares

दाङमा करेन्ट लागेर बिहीबार एक युवकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका १९ बाँसगढी निवासी ३७ वर्षीय बलबहादुर थापामगरको करेन्ट लागेर मृत्यु भएको हो ।

तुलसीपुर १८ बिजौरीस्थित मलवारले सिँचाइ कुलोमा करेन्ट लगाएर माछा मार्दा उनलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।