logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

रातो मच्छिन्द्रनाथको महास्नान गरियो , कोरोनाले रथ उठाउने विषयमा अन्योलता सृजना


अंकुरण खबर
845
Shares

बैशाख कृष्ण पक्ष प्रतिपदाको दिन (आज)बाट रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ ।

ललितपुरमा मच्छिन्द्रनाथलाई स्नान गराएर औपचारिक रुपमा जात्राको सुरुवात गरिएको हो । रातो मच्छिन्द्रनाथलाई स्नान गराएपछि विधि अनुसार शुक्रबारदेखि रथ बनाउने काम सुरु गर्नुपर्ने भए पनि कोरोना भाइरसका कारण रथ उठाउने वा नउठाउने अन्योल रहेको आयोजक समिति बताएको छ ।

बैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु भई वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनसम्म चल्ने यो रथयात्रा सबै भन्दा लामो जात्राका रुपमा समेत चिनिन्छ ।