logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कोरोना प्रभाव : रातो मच्छिन्द्रनाथको जात्रा स्थगित


अंकुरण खबर
3.081K
Shares

ललितपुरमा गरिने सबैभन्दा लामो रथयात्रा रातो मच्छिन्द्रनाथको जात्रा स्थगित भएको छ ।

बिहीबार विधिपूर्वक मच्छिन्द्रनाथलाई स्नान गराएर शुक्रबारदेखि रथ निर्माणको काम गर्नु पर्ने भएपनि कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जनाएको छ ।

यी दुबै संस्थाले हाल सिर्जना भएको विषम परिस्थितिका कारण रथको जग राख्ने र निर्माण कार्य दुबै स्थगित गर्नु परेको जनाएको छ । अब रथ निर्माणको काम लकडाउन सकिएपछि क्षमा पूजा गरेर सुरु गरिने निर्णय भएको छ ।

रातो मच्छिन्द्रनाथको जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ । वैशाख कृष्ण पक्षको प्रतिपदादेखि यो जात्रा सुरु हुन्छ । वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरु गर्ने चलन छ । यो जात्राका लागि रथ निर्माणको काम शुक्रबारदेखि सुरु हुने थियो ।