स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा स्वास्थ्यकर्मीको तलब कट्टा नगरिएको बताएको छ ।
शुक्रबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टा नगरिएको बताएका हुन् ।
गत चैत ११ गतेको मन्त्रिपरिषद बैठकले विभिन्न तहका कर्मचारीले ३ देखि ७ दिनसम्मको तलब कट्टा गरेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा राख्ने निर्णय गरेको थियो ।
तर, चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टा नगरिएको र सबैले उच्च मनोवलका साथ काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपिल गरेको छ ।