logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ


अंकुरण खबर
949
Shares

गुल्मीमा बाबुको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

जिल्लाको इस्मा गाउँपालिका-२ पालुखामा ४६ वर्षीय टेक बहादुर कुमाललाई ढुङगाले हानी हत्या गरेको अभियोगमा २५ वर्षीय अर्जुन कुमाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

अर्जुनले बुबालाई ढुङगाले हानी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी हस्तीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।