logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनको २० औं दिन : सडकमा निस्किएका १३ सय जना प्रहरी नियन्त्रणमा


अंकुरण खबर
1.326K
Shares

प्रहरीले एकाबिहानै काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघन गर्ने १३ सय ६६ जना मानिसलाई नियन्त्रणमा लिएको छ।

आइतबार बिहान ८ बजेसम्म ३ सय ३८ जना महिला र १ हजार २८ जना पुरुषलाई नियन्त्रणमा लिएको हो । लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणका मानिसलाई सडकमा राखेर कोरोनाको बारेमा शिक्षा दिएर छाड्ने गरेको छ।

कोभिड-१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएको हो। लकडाउनमा उल्लंघन गर्नेको सङख्या बढ्दै गएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रशासनबाट अनुमति नलिइ तथा अनावश्यक रुपमा सवारी चलाउने सवारी धनि सहित १ सय ६७ वटा सबारी साधान समेत नियन्त्रणमा लिएको छ।