logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कोरोना संक्रमित भारतीय नागरिकसँग भेट गरेका २६ जना क्वारेन्टाइनमा


अंकुरण खबर
3.302K
Shares

वीरगञ्जमा भेटिएका तीन जना कोरोना संक्रमित भारतीय नागरिकसँग भेट गरेका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरुलाई शनिबार बेलुका नै नियन्त्रणमा लिएर वीरगञ्जमा सिद्धार्थ माविस्थित क्वारेन्टाइनमा राखिएको हो । वीरगञ्जबाट बिहीबार २४ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडामा पठाइएकोमा तीन जना बाहेक अरुको रिपोर्ट नेगेटिभ आएको थियो ।

नेगेटिभ रिपोर्ट आएका २१ जना र उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका तीन जना मुस्लिम धर्म गुरु र दुई जना स्थानीयलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

वीरगञ्ज–२ छपकैया घुसुकपुरस्थित हजरत बिलाल मस्जिदबाट १० जना जमाती, तीन जना मौलाना र २ जना स्थानीय र छपकैयाकै मक्की जामे मस्जिदबाट ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको हो ।

संक्रमित व्यक्तिको सम्पर्कमा रहेकोले क्वारेन्टाइनमा राखिएको २१ जनाको स्वाब संकलन भइसकेको र बाँकी पाँच जनाको स्वाब लिन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीले जानकारी दिए ।

जमाती सबैले सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा आएपछि नेपालमै रहेको दावी गर्दै आएका छन् ।