logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

चट्याङ लागेर एकको मृत्यु


अंकुरण खबर
1.053K
Shares

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

पाँचखपन नगरपालिका–२ की ५२ वर्षीय डम्बर कुमारी राईको गएराति वर्षासँगै आएको चट्याङ लागेर घटनास्थमलै मृत्यु भएको हो ।

शनिबार राति ७ः३० बजे राई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मिम लामाले जानकारी दिए ।

राईको शव परीक्षणका लागि आइतबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको जनाइएको छ ।