स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ८ हजार ५ सय ५ जनाको कोरोना परीक्षण भएको र त्यसमध्ये ९ जना संक्रमित भेटिएको जनाएको छ।
मन्त्रालयमा आज आयोजित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार पीसीआरबाट ५ हजार १ सय ८४ जना र र्यापिड डायग्नोस्टिक किटबाट ३ हजार २ सय २१ जनाको परीक्षण भएको छ।
आइतबार वीरगञ्जमा ३ जनालाई कोरोना संक्रमण देखिएपछि देशभर संक्रमितको संख्या १२ पुगेको छ। यसअघि धनगढीमा ४ जना तथा बाग्लुङ र काठमाडौंमा २-२ जना उपचाररत छन् भने एक जना संक्रमित निको भइसकेका छन्।
शनिबार वीरगञ्जमा संक्रमित भेटिएकाहरु हाल नारायणी उप–क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार गराइरहेको र उनीहरुको अवस्था स्वास्थ्य रहेको प्रवक्ता देवकोटाले बताए।