पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसेका एकै परिवारका तीन जना मध्ये एक जनाको पीसीआर परीक्षणमा कोरोना संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार आएको रिपोर्टमा ८१ वर्षीय आमा र ५८ वर्षीय छोरामा कोरोना पोजिटिभ देखिएको थियो भने बुहारीको कोरोना नेगेटिभ देखिएको मन्त्रालयले पुष्टि गरेको हो । योसँगै नेपालमा संक्रमितको संख्या १६ पुगेको छ ।
सोमबार र्यापिड टेष्टका क्रममा एकैघरका तीन जनाको कोरोना पोजिटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरेर पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
उनीहरु २८ दिनअघि बेलायतबाट फर्किएर सनसिटी अपार्टमेन्टमा बसोबास गर्दै आएका थिए ।