logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

बालाजुमा पानी ट्याङ्करले ठक्कर दिदाँ साइकल यात्रुको मृत्यु


अंकुरण खबर
871
Shares

बालाजुमा पानी ट्याङ्करको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ।

मंगलबार बिहान पौने १० बजे तार्केश्वर नगरपालिका डाँडागाँउको सडकखण्डमा बा २ ख ५१७७ नम्बरको पानी ट्याङ्करले साइकल यात्रुलाई ठक्कर दिएको हो।

ठक्करबाट घाइते भएका काभ्रेका ५० वर्षीय विष्णु प्रसाद चौलागाईंलाई  ग्रिन सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए।

प्रहरीले पानी ट्याङकर चालक ओखलढुङ्गाका २१ वर्षका गणेश गजुमेरलाई नियन्त्रणमा लिएको छ।