काभ्रे र धादिङका ३ जना युवामा र्यापिड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ आएको छ ।
मंगलबार र्यापिड टेष्टमा पोजेटिभ देखिएका तीनै जना युवा विदेशबाट नेपाल फर्किएका हुन् । लकडाउन अगाडि नै नेपाल आएका काभ्रेका दुबैलाई मंगलबार नै धुलिखेल अस्पताल ल्याइएको छ र पीसीआर विधिबाट परीक्षण गर्ने तयारी भइरहेको छ ।
चैत ९ मा भारतबाट आएका वेथानचोक निवासी २८ वर्षीय युवक र चैत ७ गते दुबईबाट आएका मण्डन देउपुर–३ का २३ वर्षका युवकमा र्यापिड टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
यस्तै धादिङको ज्वालामुखी गाउँपालिकाका दक्षिण कोरियाबाट फागुन २० गते घर फर्किएका एक युवामा पनि र्यापिड टेस्ट गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ।
उनीहरु सबैैजना होम क्वारेन्टाइनमा बसेका थिए ।