काठमाडौ – हप्ताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज छापावाला सुनको भाउ तोलामा ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन सुन तोलाको ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा ७० हजार ७ सयमा कारोबार भएको छ ।
त्यस्तै चाँदी तोलामा ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदी तोलाको १० रुपैयाँले घटेको हो । अघिल्लो दिन चाँदी तोलामा ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।