logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टेलिकममा फोन गर्नुहोस्, कोरोना सङ्क्रमण भए-नभएको थाहा पाउनुहोस्


अंकुरण खबर
1.105K
Shares

नेपाल टेलिकमले कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण भएरनभएको जानकारी दिन विशेष सेवा सुरु गरेको छ ।

टेलिकमका प्रयोगकर्ताले *१४१९# डायल गरेर सही उत्तर दिएमा कोरोनाको सम्भावित सङ्क्रमित पत्ता लगाइदिनेछ ।

मँगलबारदेखि प्रयोगमा आएको यो सेवाले सङ्क्रमित पत्ता लगाउन सहयोग पुग्ने र सम्भावित सङ्क्रमितलाई सरकारीस्तरबाटै फोन गर्ने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ ।

*१४१९# डायल गरेमा ज्वरो आएरनआएको, खोकी लागेको/नलागेको, श्वास फेर्न गार्हो भए/नभएको, आफू या परिवारका सदस्य विदेशबाट आए/नआएको उत्तर दिनुपर्छ । हरेक प्रश्नको उत्तरमा १ र २ नम्बर थिच्ने विकल्प दिइएको छ ।

यसरी आएका उत्तरलाई वर्गीकरण गरेर कोरोनाको सम्भावनाको शङ्का गरिएकाको नम्बर कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा पठाउने र उतैबाट ग्राहकलाई फोन आउने टेलिकमले जनाएको छ ।