logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना परीक्षण गरिँदै


अंकुरण खबर
780
Shares

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण सुरु भएको छ ।

बुधबार बिहान साढे नौ बजेबाट र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु भएको हो । आज ब्लक ‘ए’ का २४२ जनाको परीक्षण गर्न लागिएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।

सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् । स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिएर तीन वटा टेबलबाट परीक्षण भइरहेको पनि थापाले जानकारी दिए ।

८ चैतमा भएको सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा संक्रमित परिवारका एक सदस्यले पनि मतदान गरेकाले पाँच वटै ब्लकका बस्नेहरूको परीक्षण गर्न लागिएको हो ।

मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।