logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सनसिटी अर्पाटेमन्टमा बस्ने तेस्रो व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ


अंकुरण खबर
858
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सनसिटी अर्पाटेमन्टमा बस्ने तेस्रो व्यक्तिको नेगेटिभ रिपोर्ट आएको बताएका छन् ।

मंगलबार पोजेटिभ देखिएका २ जनाबाहेक अर्को १ जनाको भने पुनः परिक्षण गर्दा नेगेटिभ आएको उनले बताएका हुन् । उनले हालसम्म आँफै कोरोना परिक्षण गर्ने १७६३० पुगेको र २४ घन्टामा १३ जना रेड जोनमा परेको जानकारी दिए ।

सोमबार गरिएको र्‍यापिड टेष्टमा तीनै जनामा एन्टीबडी पोजेटिभ पाएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । उनीहरुमध्ये ८१ बर्षीया आमा र ५८ वर्षका छोरामा कोरोना संक्रमण पाइएको छ । ५२ वर्षकी बुहारीको पहिलो रिपोर्ट पोजेटिभ नआएपछि पुनः परीक्षण गरिएको थियो ।