logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बिरामीको अनुमतिबिना संक्रमितको पहिचान नखुलाउनू : स्वास्थ्य मन्त्रालय


अंकुरण खबर
754
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ (कोरोना भाइरस) संक्रमित व्यक्तिको पहिचान खुल्ने विवरण सार्वजनिक नगर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गरेका हुन् । ‘विभिन्न सञ्चार माध्यमहरूमा कोरोना संक्रमित व्यक्तिहरूको नामसहितको विस्तृत विवरण प्रकाशनमा आएको छ,’ डा. देवकोटाले भने, ‘बिरामीको अनुमतिबिना यस्तो विवरण प्रकाशन/प्रसारण गर्न पाइँदैन ।’

जनस्वास्थ्यका दृष्टिले सार्वजनिक नगरी नहुने विवरण मन्त्रालयले सार्वजनिक गरेको पनि प्रवक्ता देवकोटाले उल्लेख गरे ।