logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घाँटी रेटी श्रीमतीको हत्या


अंकुरण खबर
2.158K
Shares

काठमाडौं – गोरखा सदरमुकामको लक्ष्मी बजारमा एक युवकले श्रीमतीको घाँटी रेटी हत्या गरेका छन् ।

गए राती गोरखा नगरपालिका-९ को लक्ष्मी बजारका २० बर्षिय याकुव परियारले आफ्नी श्रीमती १९ बर्षिया पुजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेका हुन् ।

हत्या आरोपी याकुवलाई हिजो राती नै प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ । घरायसी विवादमा श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

लागुऔषध दुब्यसनी रहेका याकुवले नियमित रुपमा औषधी सेवन गर्दै आएको तर केही साता यता औषधी खान छोडेको बताइएको छ ।