logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरमा गाई काटेको अभियोगमा ६ पक्राउ


अंकुरण खबर
1.326K
Shares

हेटौंडा उपमहानगरपालिका–१३ सिमपानीबाट गाई काटेको अभियोगमा ६ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुरज लामा, ५६ वर्षीय दिल बहादुर थिङ, ५३ वर्षीय सुब्बा सिं वाईवा, २० वर्षीय हरी स्याङतान, ६३ वर्षीय बिर बहादुर थिङ र ५६ वर्षीय चन्द्र बहादुर घिसिङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।