मलेसियामा कोरोना सङ्क्रमित एक नेपाली निको भएका छन् ।
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले सङ्क्रमित एक जना नेपाली निको भएर काममा फर्किएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म मलेसियामा एक नेपालीमा मात्रै कोरोना सङ्क्रमण भएको दूतावासलाई औपचारिक जानकारी छ ।
राजदूत पाण्डले मलेसियामा रहेका नेपालीलाई कोरोनाको सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउन र लकडाउन उल्लङ्घन नगर्न पनि आग्रह गरे ।
मलेसियाले लकडाउनको उल्लङ्घन गरेको आरोपमा १४ जना नेपालीलाई पक्राउ गरिसकेको भन्दै उनले यो समयमा सतर्क रहन र मलेसिया सरकारले जारी गरेका नियमको पालना गर्न आग्रह गरेका छन् ।