logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुकुम पश्चिमका दुई जनाको पीसीआर परीक्षणमा पोजेटिभ देखियो


अंकुरण खबर
1.417K
Shares

रुकुम पश्चिमका दुई जनाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।

गत सोमवार सुर्खेतबाट ९९ जनाको थ्रोट स्वाव परीक्षणका लागि कैलाली पठाइएकोमा रुकुम पश्चिमका ३९ जनाको स्वाबमध्ये दुई जनाको परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो।

धनगढी स्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटी-पीसीर मेसिनमा गरिएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो। उनीहरुको रिपोर्ट सुर्खेत पठाइएको र सुर्खेतबाट पुनः परीक्षणका लागि काठमाडौं पठाइएको बताइएको छ ।