कैलालीमा सामूहिक बलात्कारमा संलग्न भएको अभियोगमा पक्राउ परेकाहरुबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
धनगढीकी १७ वर्षीया किशोरीलाई कैलालीको गौरीगङ्गा नगरपालिका १ को खुरखुरीयामा सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका चार जनालाई अदालतबाट १५ दिन म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए ।
गएको वैशाख २ गते आफन्तको घरबाट फर्किँदै गरेकी किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा गौरीगङ्गा नगरपालिका ४ का नरेश नेपाली, अर्जुन सावद, निर्मल चौधरी र नरेश भट्टलाई प्रहरीले पक्राउ गरेको थियो ।