logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदशेमा जोखिममा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन सर्वोच्चको आदेश


अंकुरण खबर
923
Shares

सर्वोच्च अदालतले विदेशी भूमीमा जोखिममा रहेका नेपालीको उद्धार गर्न सरकारका नाममा आदेश जारी गरेको छ।

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले उनीहरुलाई फिर्ता ल्याउन र उद्दारका लागि आवश्यक गृहकार्य गर्न आदेश दिएको हो।

विदेशमा जोखिममा रहेकाहरु अनियन्त्रित र अव्यवस्थित रुपमा नेपाल प्रवेशबाट थप जोखिम हुने भन्दै सर्वोच्चले  नागरिकलाई त्यसबाट जोगाउनका लागि नागरिकको स्वास्थ्य र सुरक्षाको हितलाई ध्यान दिँदै उद्धार गर्न आदेश दिएको छ ।

यस्तै सर्वोच्चले सीमावर्ती क्षेत्रबाट नेपाल फर्किन खोजेका प्रवासी नेपालीहरुलाई क्वारेन्टाईनको शर्तसहित व्यवस्थित रुपमा घर फर्किन दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता सोमप्रसाद लुईटेलको निवेदनको सुनुवाईपछि जारी आदेशमा भनिएको छ, ‘नागरिकको व्यक्तिगत अधिकार तथा बहुसंख्यक जनताको जीवन, स्वास्थ्य र सुरक्षाको हितलाई समेत सन्तुलित तरिकाले संरक्षण गर्दै सुक्ष्म, गम्भीर र संवेदनशील तरिकाबाट विना भेदभाव, बिना स्वेच्छाचारी र विवेकपूर्ण तरिकाले नियमन र नियन्त्रणको शर्त बन्देजसहित फर्ता ल्याउने, उद्दारका लागि आवश्यक प्रशासनिक, आर्थिक व्यवस्थापकिय पहल गर्न अन्तरिम आदेश जारी गरिदिएको छ।’