logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसको परीक्षण बढ्दै, संक्रमित संख्या यथावत : प्रवक्ता देवकोटा


अंकुरण खबर
1.027K
Shares

नेपालभर गरेर १९ हजारभन्दा बढी परीक्षण भइसक्दा संक्रमितको संख्या यथावत नै रहेको छ।

बिहीबारसम्ममा नेपालभर कोरोना संक्रमितको संख्या १६ रहेको छ, जसमा एकजना निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको दायरालाई फराकिलो बनाइरहँदा नयाँ कुनै पनि नयाँ संक्रमित थपिएका छैनन्।

नेपालभर १९ हजार ४ सय ३२ जनाको पिसिआर तथा आरडिटी विधिबाट परीक्षण भइसकेको छ। हालसम्म पिसिआरबाट ७ हजार २ सय ४० वटा नमुना परीक्षण भएको छ भने आरडिटीबाट १२ हजार १ सय ९२ जनाको परीक्षण भएको छ।

अहिले देशका आठ जिल्लाबाहेक अन्य सबै जिल्लामा आरडिटी परीक्षण सुरु भइसकेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘आरडिटीमा केही जिल्लामा पोजेटिभ आएका थिए, ती सबैको नेगेटिभ आएको छ।

अहिले देशैभर विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनमा ४ हजार ९ हजार १ जना रहेका छन् भने आइसोलेसनमा १ सय ३ जना रहेका छन्। त्यस्तै, स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको वेबसाइट र एपमा १८ हजार ४ सय २४ जनाले आफ्नो विवरण भरेर कोभिड–१९ को संक्रमण रहे-नरहेको स्वमूल्याङ्कन गरेका छन्। जसमध्ये हालसम्म रेड जोनमा २ सय ४७ जना परेका छन्। प्रवक्ता देवकोटाले भने, ‘हामीले केहीलाई सम्पर्क गरेर परीक्षण गरेका छौँ भने अन्यलाई ट्रेसिङ गरिरहेका छौँ।’

संक्रमण भएर उपचाररत रहेकामध्ये २ जना टेकूस्थित टेकू अस्पताल, २ जना बागलुङस्थित धौलागिरी अञ्चल अस्पताल, ५ जना धनगढीस्थित सेती प्रादेशिक अस्पताल र ४ जना वीरगञ्जस्थित नारायणी अस्पतालमा रहेका छन्।