logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेती नदीमा बगेर बालिका बेपत्ता


अंकुरण खबर
1.313K
Shares

काठमाडौं – सेती नदीमा नुहाउने क्रममा बगेर एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान दिपायल सिलगढी नगरपालिका–४ राजपुर बस्ने दीलबहादुर नेपालीको ८ वर्षीया छोरी करिस्मा बेपत्ता भएकी हुन् ।

आल्के पर्व मनाउन दिपायलस्थित मामाघर आएकी ती बालिका नुहाउने क्रममा सेती नदीको बासुधारा भन्ने ठाउँबाट बगेकी थिइन् । उनको नेपाल प्रहरी, दिपायलस्थित जोगी बाडेमा रहेको सशस्त्र प्रहरीको ३६ नं गण तथा स्थानीयवासीले खोजी गरिरहेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका जानकारी दिए ।

पानीको बहाब बढी भएको र नदी पनि धमिलो भएका कारण खोजीकार्यमा समस्या भएको जनाईएको छ ।