logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

लकडाउन उल्लघंन गर्ने क्रम रोकिएन, बिहानै ११ सयभन्दा बढीलाई होल्ड


अंकुरण खबर
1.781K
Shares

प्रहरीले काठमाडौं उपत्यकाबाट शुक्रबार बिहानै लक डाउन उल्लंघन गर्ने १ हजार १ सय ४९ जनालाई होल्ड गरेको छ ।

बिहान ९ बजेसम्ममा काठमाडौंबाट ९ सय २१ जना, ललितपुरबाट १ सय ७७ जना र भक्तपुरबाट ४४ जनालाई होल्ड गरिएको प्रहरीले जनाएको छ ।

लक डाउनका बेला अत्यावश्यक बाहेकका कामका लागि निस्कन नपाइने भएकाले उनीहरुलाई होल्ड गरिएको प्रहरीको भनाइ छ । सोधपुछका क्रममा अत्यावश्यक कामका लागि निस्किएको पाइएमा भने छाड्ने गरिएको छ ।

यस्तै, प्रहरीले लक डाउन उल्लंघन गर्ने १ सय ७ वटा गाडी नियन्त्रण लिएको जनाएको छ । नियन्त्रणमा लिइएको गाडी साँझमात्रै छाडिनेछ ।