logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना सङ्क्रमितको संख्या बढेपछि काठमाडौंबाट धनगढी पुग्यो ३३ जना चिकित्सकको टोली


अंकुरण खबर
819
Shares

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको संख्या बढेपछि काठमाडौंबाट ३३ जना चिकित्सकको टोली आज धनगढी पुगेको छ।

सङ्क्रमित र शंकास्पद बिरामीको उपचारमा सघाउन र अन्य बिरामीको उपचारका लागि पनि संघीय सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ३३ जना चिकित्सकको टोली धनगढी पठाएको हो।

केही बेर अघि मात्रै यती एयरलाइन्सको जहाजमार्फत् चिकित्सकको टोली धनगढी पुगेको हो। संघीय स्वास्थ्य मन्त्रालयले चिकित्सकको टोली धनगढी पठाएसँगै सामाजिक विकास मन्त्रालयले आवश्यकताको आधारमा जिल्ला–जिल्लामा खटाउने तयारी भइरहेको जनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले सेती प्रादेशिक अस्पताललगायत आवश्यक परे अन्य अस्पतालहरुमा समेत उनीहरुलाई खटाइने बताए। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमितको संख्या पाँच पुगिसकेको छ।