logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीयमा संक्रमणको आशंका


अंकुरण खबर
1.43K
Shares

लकडाउनको समयमा लुकेर उदयपुर छिरेका ८ जना भारतीय नागरिकमा कोरोना भाइरसको आशंका गरिएको छ । तर, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी छ ।

उदयपुर नगरपालिका-३ स्थित भुल्केमा रहेको मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए । त्यसआधारमा स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली वैशाखको सुरुमै आएको पाइएको छ ।

उनीहरुको सुरुमा र्‍यापिड टेष्ट गरिएको थियो र सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

शंका लागेर पीसीआर विधिबाट परीक्षण गर्न थ्रोट स्वाब संकलन गरेर विराटनगर पठाइएको थियो । कोशी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखिएपछि १० जनाकै नमुना शुक्रबार विहान काठमाडौं पठाइएको छ ।

शंकास्पदहरुलाई भने विरानगर ल्याउने तयारी छ । उनीहरुलाई अहिले मस्जिदमै राखिएको छ ।