logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाविरुद्धको खोप छिटो बन्ने संभावना : टास्कफोर्स निर्माण


अंकुरण खबर
754
Shares

कोरोना भाइरसको खोप बनाउनका बेलायत सरकारले टास्कफोर्स गठन गरेको बताएको छ ।

कोरोना भाइरस फैलिनबाट रोक्नका लागि सरकारले खोप निर्माण गरी सही कदम चालिरहेको बेलायती व्यापार सचिव आलोक शर्माले पत्रकार सम्मेलन गरि जानकारी दिए । बेलायत सरकारले कोरोणा नियन्त्रणको लागि सामाजिक दुरी कायम गरिरहेको यसको लागि हरसम्भव लागि परेको उनको भनाई थियो ।

बेलायतमा मात्रै कोरोना भाइरस संक्रमणका कारण हालसम्म १४ हजार ५७६ ननाको मृत्यु भइसकेको छ ।

बेलायत सरकारले कोरोना रोकथामको लागि लकडाउन गरेको छ । परिस्थिति सामान्य नभएसम्म लकडाउन नखोल्ने पनि उनले जनाएका छन् । एजेन्सीको सहयोगमा ।